मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सन्तकवि ज्ञानदिल दासको स्मृतिमा साहित्यिक सम्मेलन

Ujyalosandeshonline 11540+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

विराटनगर । सन्तकवि ज्ञानदिल दासको जन्मभूमि इलामको फाकफोकथुम गाउँपालिकामा ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ आयोजना हुने भएको छ ।

फाकफोकथुम गाउँपालिका–३, आमचोकमा फागुन ११ र १२ गते सम्मेलन आयोजना गरिने भएको हो । त्यसका लागि ज्ञानदिल दास प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।

ज्ञानदिल दासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा पुर्याएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

सम्मेलनमा ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वबारे अन्तरक्रिया गरी अभिलेख गरिने फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए । 

सम्मेलनको पहिलो दिन ज्ञानदिल दासको नाममा स्थापित मन्दिरको उद्घाटन, ज्ञानदिल दासको सालिक अनावरण र ज्ञानदिल दासबारे भारतको सिक्किमका अन्वेशक वीर बलिभद्र कार्की ‘डोली’ ले सङ्कलन गरेको पुस्तक सार्वजनिक हुनेछ ।

दोस्रो दिन ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वको बारेमा प्राज्ञिक बहस हुनेछ । ज्ञानदिल दासको जीवनीसम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।

सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको डकुमेन्ट तयार गरी सत्य इतिहास स्थापित गर्न समेत सम्मेलन आयोजना गरिएको अध्यक्ष खनालले बताए । 

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका सशक्त सन्तकवि मानिन्छन् । उनको जन्म सन् १८२१ मा फाकफोकथुम–३ आमचोक जोरधारमा लामिछाने उपाध्यया ब्राह्मण परिवारमा भएको थियो । 

ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेका थिए । जोसमनी सन्त परम्पराको प्रचारप्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वार्ध नेपालमा र उत्तरार्ध भारतको दार्जिलिङ र सिक्किममा बिताएका थिए । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि।स। १९४० कात्तिक २५ भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार