मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लियो सिद्धार्थनगर गौतमबुद्धद्वारा ओमसतिया–५ मा निःशुल्क आँखा शिविर

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ पौष २०८१, शनिबार

भैरहवा । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले निःशुल्क आँखा शिविर तथा शल्यक्रिया कार्यक्रम गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ स्थित श्री ओमसतिया आधारभूत विद्यालयमा कार्यक्रम गरिएको क्लबका संस्थापक अध्यक्ष सन्दिप कसौधनले बताए ।

ओमसतिया गाउँपालिका ५ नम्बर वडा कार्यालयको सहयोग तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र अध्ययन विज्ञान संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक अभिषेक सापकोटाले बताए ।

शिविरमा ४ सय बढी स्थानीयको आँखा परीक्षण गरिएको र त्यसमध्ये मोतिबिन्दु भएका १४६ जनालाई निःशुल्क शल्यक्रियाको श्री रण अम्बिका शाह आँखा अस्पतालमा पठाइएको क्लबले जनाएको छ ।क्लबका अध्यक्ष कसौधनका अनुसार शिविरमा निःशुल्क औषधि र चश्मा समेत वितरण गरिएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ओमसतिया गाउँपालिका–५ का अध्यक्ष मदन प्रसाद पोखरेल, श्री रण अम्बिका शाह आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत संजीव अधिकारी, श्री ओमसतिया आधारभूत विद्यालयका प्राचार्य, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष सफि खान, लियो डिष्ट्रिक ३२५ (पी) एरिया–२ का चिफ मनिस ढकाल, क्लबका सल्लाहकार गौतम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार