मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

लालबकैया र बागमती नदीमा जल सतह बढेपछि जोखिम

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

रौतहट । अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ । यहाँको मुख्य नदी पूर्वी भागमा  बागमती  र पश्चिमी भागमा  लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ । 

आजदेखि असोज २० गतेसम्म देशभर माध्यम देखि भारी र अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको हो । यहाँको राजदेवी नगरपालिका, दुर्गाभगवती गाउँपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र  कटहरिया नगरपालिका बाढीको उच्च जोखिममा छ । 

जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । बिपद् प्रतिकार्यका लागि सम्पुर्ण सुरक्षा निकायलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन समेत दिएको उनले जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरण गर्न जिल्लाका सबै स्थानीय तह, रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई विपद् पूर्व तयारीमा जुट्न र उद्धार वा प्रतिकार्य तयारी अवस्थामा रहन  अनुरोध गरिएको छ  । अहिले जिल्लामा अविरल बर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छ्न भने अधिकाश  व्यापार ब्यवसाय ठप्प रहेको अवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार