मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अध्यक्ष लिङदेनको चेतावनी : आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका छन् । बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने भन्दै देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न आग्रह गरे । 

उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह गर्दछु । समय छ सम्झौताको लागि तयारी गर्नुहोस् ।’त्यस्तै मौलिक व्यवस्था गरेर देशलाई निकास दिएर जाऊ भनेर प्रस्ताव आफूहरुको रहेको भन्दै उनले यसलाई अन्देखा गरेर दमनको सहारा लिएमा बढारिनुपर्ने परिस्थिति आउनसक्छ भन्दै चेतावनी समेत दिए । 

उनले भने,‘नयाँ सम्झौता गरेर अगाडि जानुपर्यो । जहाँ राजादेखि सबै अटाउने व्यवस्था निर्माण गरौं ,कसैले देशमा आफू निषेधित भएको महशुस गर्न नपरोस । सबै अटाउने मौलिक व्यवस्था गरेर देशलाई निकास दिएर जाऊ भनेर प्रस्ताव गरेको हौ । तर यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउनसक्छ । प्रारम्भदेखि आग्रह छ, बढार्न नपरोस् । अब बल कोर्टमा छ । अरु कुनै दमनको जालझेलको सहारा लिएर होइन । फेरी पनि भन्छु समझदारीमा आउनुस् ।’ अध्यक्ष लिङ्देनले राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार