मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मगरहरुको अन्तर्राष्ट्रिय महासम्मेलन भारतमा गरिने

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय मगर महासंघले मगरात सभ्यताको विकास र प्रबर्द्धनको लागि ‘मगरात समृद्धि मिशन सन् २०३० ’ बनाउने भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यही चैत्र ९ र १० गतेको सेमिनारका निर्णय सार्वजनिक गर्दै गरिबी र आर्थिक पछौटेपनवाट मुक्त हुन सामूहिक लगानीमा कर्पोरेट उद्यमशिलता विकास गर्ने लक्ष्य लिएको जनाएको हो । 

त्यस्तै, महासंघले सन् २०३० सम्म शिक्षित मगर समाजको लागि मगर युवाहरुलाई गुणस्तरीय शिक्षामा जोड दिने, मगरहरुको राजनीतिक सीमान्तीकरणलाई अन्त्य गर्न राजनीतिक नेतृत्व र पहुँचको वृद्धि गर्न पहल गर्नेलगायत निर्णय भएको जनाएको छ  । 

मगर जातिको सामाजिक राजनीतिक इतिहासको पुनर्लेखन गर्न एक करोड रुपैयाँको मगर अनुसन्धान फण्ड स्थापना गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

त्यसैगरी अन्तर्राष्ट्रिय मगर महासंघको आयोजनामा मगरहरुको अन्तर्राष्ट्रिय महासम्मेलन सन् २०२५ मा भारतमा गर्ने निर्णय गरिएको बताइएको छ । 

‘नेपालभित्र र संसारभर चलिरहेको जातीय पहिचान र मानव अधिकार, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्र पक्षधर राष्ट्रिय अन्तर्राष्ट्रिय आदिवासी संघ संगठनहरु र संयुक्त राष्ट्रसंघसँग सहकार्य, ऐक्यबद्धता र सम्बन्ध विस्तार गर्दै आदिवासी जनजातिका सवालमा विभिन्न देशका सरकारहरुद्वारा गरिएका सन्धि सम्झौता कार्यन्वयनका लागि प्रभावकारी पहल गरिनेछ ।

मगरात सभ्यता र मगर पहिचानको आधारमा संसारभरका मगर एकतालाई थप मजबुद र बलियो बनाउने संकल्प गर्दछौं । प्रेमिनार सम्पन्न गर्न आर्थिक नैतिक तथा भौतिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ,’ अन्तर्राष्ट्रिय मगर महासंघ, कार्यकारी परिषद अध्यक्ष र बेल्जियम महासचिव विरभान घर्तीमगरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार