मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

धनुषा–१ बाट नेकपाका यादव निर्वाचित

रासस 695+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

धनुषा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवले १० हजार ४२८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले नौ हजार ४८५ मत र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले नौ हजार २२० मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार रहनुभएका किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्च अदालतले आज उक्त रिटमा सुनुवाइ गर्दै यही फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । साथै आयोगको आज बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशनपछि विजेता घोषणा गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार