मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

Ujyalosandeshonline 11566+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।

‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा कतिपय विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर आएको छ,’परिषद्ले जारी गरेको परिपत्रमा भनिएको छ, ‘२४ घण्टाभित्र विद्यालयको चाबी लिएर अनिवार्यरूपमा काठमाडौंको आन्दोलनमा सहभागी हुन अनुरोध गरिन्छ ।’

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू २२ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाइ निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनकारी शिक्षक र विद्यालय कर्मचारी झन् आक्रोशित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार