मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

मकवानपुरमा भारी मात्रामा लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 11563+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारी मात्रामा लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाडौँतर्फ जाँदै गरेको भारतीय स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा उक्त लागूऔषध बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी, सुगौलीका २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन् । उनीहरुले चलाएको BR05PA9093 नम्बरको स्कारपियो गाडीको विभिन्न भागमा फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको अवस्थामा लागूऔषध बरामद गरिएको थियो ।

प्रहरीले गाडीबाट २,२२६ एम्पुल डाइजेपाम, २,३५६ एम्पुल नुर्फिन, १,८६१ एम्पुल प्रोमेथाइजिन हाइड्रोक्लोराइड गरी जम्मा ६,४४३ एम्पुल र ४९ ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । बरामद गरिएको लागूऔषध र गाडीसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सुगौलीबाट वीरगञ्ज हुँदै काठमाडौँतर्फ गइरहेको उक्त गाडीमा सवार व्यक्तिहरुमाथि शंका लागेपछि खानतलासी गरिएको थियो । गाडीको तीनवटा ढोकामा फल्स बटम बनाएर लागूऔषध लुकाइएको पाइएको थियो । पक्राउ परेकामध्ये शेख गुल्जार गाडीका चालक रहेको खुलेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार