मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

११ बुँदे माडी घोषणपत्र जारीगर्दै ‘प्रदेश युवा सम्मेलन’ सकियो

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

चितवन । ११ बुँदे माडी घोषणपत्र जारी गर्दै तेश्रो ‘प्रदेश युवा सम्मेलनः २०२४’  सम्पन्न भएको छ ।

‘उद्यमी युवा समृद्ध देश दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषद र एनसेलको बिशेष सहकार्यमा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव दुईसय युवाहरुले सहभागिता जनाएका थिए ।  

तीन दिनको कार्यक्रममा बिशेषत युवा उद्यमशीलता, दिगो विकास लक्ष्यलाई कसरी स्थानीयकरण गर्न सकिन्छ, जलवायु परिवर्तनमा युवाको भुमिका के हुन्छ र हुनुपर्छ, होमस्टे व्यसायबाट कसरी अर्थोपार्जन गर्न सकिन्छ, रैथाने खाना तथा परिकारहरुको प्रचारप्रसारमा युवाको भुमिका के हुन्छ, वातावरण संरक्षणमा युवाको भुमिका, असल शासन स्थापित गर्न युवाको भुमिका के हुन्छ र कसरी गर्न सकिन्छ भन्ने जस्ता बिषयहरुमा कार्यपत्र प्रस्तुत भएको आयोजक नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।

कार्यक्रमको अन्तिम दिन नेपाल सरकारका पूर्वमन्त्री गिरीराजमणी पोखरेलले पनि बिशेष सेसन समेत लिएका थिए । त्यसैगरी माडी नगरपालिका प्रमुख तारा कुमारी माजी महतो ज्यूसँग मेयरसँग युवा भन्ने प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाएको थियो । विभिन्न सिमान्तकृत समुदाय, बिशेष क्षमता भएका समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको थियो । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवद्र्धन जोड दिएको थियो ।

सम्मेलनलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल उद्घाटन गर्का थिए भने माडी नगरपालिकाको उपप्रमुख खेमप्रसाद महतोले सम्मेनलको समापन गरे । कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहाकार्य रहेको छ । एनसेलको बिशेष सहयोग रहेको यस कार्यक्रममा कोकाकोला नेपालले पनि सहयोग र सहकार्य गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार