मुख्य समाचार
बिक्री गर्न लगिँदै तरभूजा | हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन |

लुम्बिनी प्रादेशिक अस्पतालमा थपियो प्रसुती शल्यक्रिया कक्ष

Ujyalosandeshonline 11174+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको उद्घाटन गर्नु भएको छ ।

उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताउनु भयो ।‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अव पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।

’प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको औंल्याउनु भयो ।‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो’उहाँले भन्नुभयो,‘दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँहरुबाट थप योगदान सरकारले खोजेको छ ।’

विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०।८१ मा ९ हजार ७६५ वटा शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा शल्यक्रिया कक्ष बिस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार