मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रामेछापमा माघ १६ देखि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ माघ २०८१, आइतबार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवद्र्धनका लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । 

माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीकाबारे संघले जानकारी गराएको हो । 

मेलामा कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायतलाई प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । यसका लागि जिल्ला स्थित आठवटै स्थानीय तह तथा सेवा प्रदायक संघीय र प्रदेश स्तरका कार्यालयहरूसँग समेत सहकार्य गरिएको उनले बताए । मेलामा २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए । 

मेलामा बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म प्रवेश गर्नेलाई निःशुल्क प्रवेश दिइने तर माघ २० गतेबाट २६ गतेसम्म भने अपराह्न ४ बजे पछि सांस्कृतिक कार्यक्रम हेर्न प्रवेश गर्नेलाई भने एकसय रुपैँया शुल्क लिनेगरी व्यवस्था मिलाइएको उनले बताए । 

महोत्सवमा स्थानीय किसान तथा उद्यमीले आफ्नो उत्पादन सहज रूपमा प्रदर्शन र बिक्री गर्न सकुन् भन्ने उद्देश्यले स्थानीय तह र सेवा प्रदायक कार्यालयसँगको सहकार्यमा स्टलहरू निःशुल्क उपलब्ध गराउन लागिएको संघका कार्यकारी अधिकृत नवीन केसीले जनकारी दिए ।

यस बाहेक कृषि र लघुउद्यमका स्टल लिएर आउने उद्यमीलाई खानाको व्यवस्था समेत आयोजकले नै गर्ने भएको छ । प्रदर्शनीमा उत्कृष्ट उद्यमी तथा कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम पनि रहेका छन् । 

प्रदर्शनीमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय संस्कृतिको प्रदर्शन तथा विभिन्न विषयमा बहस समेत सञ्चालन गरिने भएको छ । रामेछापको उद्योग, पर्यटन, जलश्रोतको विकास तथा समग्र जिल्लाको विकासका बारेमा विकास बहस सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार