मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

काठमाडौंका विद्यालयलाई ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न महानगरपालिकाको निर्देशन

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ । 

बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । 

महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो । 

साथै विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार