भैरहवा । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, भैरहवा र वडा प्रहरी कार्यालय, बुटवलको संयुक्त टोलीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–२, गोपिगंज बस्ने २८ वर्षीय मनिराम चमारलाई बुटवल उप–महानगरपालिका–१०, चौराहचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट लागूऔषध फेनारगन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, नुफिन १ हजार एम्पुल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी सुरज कार्कीले बुटवल उपमहानगर पालिका–१०, चौराहचोक स्थितमा अबैध लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधार मा प्रहरी टोली पुगी लु ९५ प २७८३ नम्बरको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्दा उक्त परिमाण को लागूऔषधसहित मनिरामलाई नियन्त्रणमा लिइएको बताए ।
प्रहरीले लु ९५ प २७८३ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । कार्कीका अनुसार, नियन्त्रणमा लिइएका मनिरामलाई अदालतमा पेस गरि इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुशन्धान भइरहेको छ ।