मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित

प्रेमचन्द्र झा 12+ समाचार ( )
४ अशोज २०८३, आइतबार

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिहरू बीचको विवाद र आवश्यक गणपूरक संख्या नपुगेपछि शनिबार साँझ डाकिएको नगरसभा बैठक स्थगित भएको छ। विजयपुर माध्यमिक विद्यालयमा साँझ करिब साढे ५ बजे बोलाइएको बैठकमा ६० सदस्यीय नगरसभामध्ये करिब २५ जना मात्र उपस्थित भएपछि बैठक अघि बढ्न नसकेको हो। कार्यवाहक नगर प्रमुख अम्बेया खातुन पक्षले गणपूरक संख्या (३०-३१ जना) नपुगेकाले सभा स्थगित गर्नुपरेको जनाएको छ।

अर्कोतर्फ, निलम्बित नगर प्रमुख गोपाल राय यादव पक्षका ३२ जना जनप्रतिनिधिले भने नगरपालिकाको काम कारबाही पारदर्शी नभएको र अनियमितता भएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका छन्। वातावरण सहज र पारदर्शी नभएसम्म नगरसभामा सहभागी नहुने उनीहरूको भनाइ छ।अघिल्लो वर्ष पनि बजेट र नीति तथा कार्यक्रम प्रभावित भएको यस नगरपालिकामा जनप्रतिनिधि बीचको दूरी कायम रहँदा आगामी विकास निर्माणका काम फेरि रोकिने जोखिम बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार