मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल हायात प्लेस, ३.५ अर्ब लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ कार्तिक २०८२, सोमबार

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ८, सुख्खानगर कुसुम पथ स्थित बुटवल-नारायणगढ सडकखण्ड नजिकै सफ्रोन सिके प्रालि मार्फत निर्मित हायात प्लेस होटल सञ्चालनमा आएको छ। यो होटल रुपन्देहीकै पाँचौं र बुटवलको पहिलो पाँचतारे होटल हो । यसअघि भैरहवा, लुम्बिनी र तिलोत्तमामा पाँचतारे होटलहरू सञ्चालनमा आइसकेका छन् ।

होटलले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आजदेखि सभा, सम्मेलन तथा बैंक्युट र पार्टीहरूका लागि खुला गरिएको जानकारी दिएको छ। पूर्ण रुपमा भने होटल नोभेम्बर २४ देखि सञ्चालनमा आउनेछ।

२५ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको होटलका अध्यक्ष चुन्नुप्रसाद पौडेलले जानकारी दिए। नेपाल-भारत सिमानाका बेलहियाबाट २८ किलोमिटर र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटरको दूरीमा रहेको यो होटल बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको अगाडि अवस्थित छ, जसले पर्यटकहरूलाई थप सहजता प्रदान गर्नेछ।

होटलमा जमिनमुनि २ तला पार्किङ र जमिनमाथि १० तलामा ६ श्रेणीका कुल १०९ वटा कोठाहरू रहेका छन्। कोठाहरूलाई स्ट्यान्डर्ड, फरेस्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एक्जिक्युटिभ सुइट्स र प्रेसिडेन्सियल सुइट्स गरी विभाजन गरिएको छ। यस होटलमा एक रातमा २५० जना पाहुना राख्न सकिने क्षमता छ। ५ हजार ७४६ वर्ग मिटरमा फैलिएको यो होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्केट हल, क्यासिनो, स्पा, ४ वटा सेमिनार हल र अन्य आधुनिक सुविधाहरू उपलब्ध छन्।

३६ हजार स्क्वायर फुट क्षेत्रफलमा क्यासिनो निर्माणको काम अन्तिम चरणमा पुगेको छ। होटल पूर्ण रूपमा सञ्चालनमा आउँदा ३५० जनालाई रोजगारी प्रदान गर्ने अध्यक्ष पौडेलले बताए। हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल-नारायणगढ सडक निर्माण सम्पन्न हुँदा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा होटलले बुटवल क्षेत्रको विकासमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

सन् २०७७ मा होटल निर्माणको सुरुवात गर्दा २०७९ सालभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि कोभिड-१९ महामारी र त्यसपछिको सुस्त आर्थिक क्षेत्रका कारण निर्माणमा ढिलाइ भएको पौडेलले बताए।

यस होटलमा रुपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी रहेको छ। यस समूहले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा व्यवसाय सञ्चालन गरिरहेका छन्। सन् २००६ मा स्थापित हायातले संसारभर ४२० स्थानमा होटलहरू सञ्चालन र व्यवस्थापन गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार