मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए)अनुदान प्राप्त गरेकी छिन् ।

प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गरेकी हुन् । 

गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो जुन नेपालमा पहिलो पटक सर्लाहीको गुलरिया नगरपालिकामा प्राध्यापक त्रिपाठीको नेतृत्वमा २०२४ मा ‘ब्राउन गोल्ड प्रोजेक्टतर्फ’ अन्तर्गत परीक्षण गरिएको थियो । सरसफाई कर्मचारीहरूको स्वास्थ्य र सुरक्षामा सुधार गर्ने र खाली गरिएको फोहोरलाई प्रशोधन केन्द्रहरूमा पठाउने कार्य उक्त प्रोजेक्टको उद्देश्य छ ।

‘२०२०–०२१ मा हामीले गुलरियामा गरेको अध्ययनमा प्रशोधन प्लान्टको लागि ८ प्रतिशत मात्र फोहोर पठाइएको फेला पार्यौं, जबकि ९२ प्रतिशत फोहर त्यहाँका जनताहरुले खाली स्थानमा राख्ने अथवा निजी क्षेत्रका फोहर व्यवस्थापनलाई दिने गरेका थिए ।

यतिमात्र हैन प्रायः फोहोर नजिकै गाड्ने समेत पाएका थियौं,’प्राध्यापक त्रिपाठीले भनिन् । उनका अनुसार फोहर व्यवस्थापनमा त्यस्ता अभ्यासहरूले वातावरणीय प्रदूषण र जमिनमुनीको पानीलाई प्रदूषण गराउने खोजहरूले प्रमाणित गरिसकेको छ ।

नेपालमा, लगभग ८५ प्रतिशत जनसंख्याले अनसाइट सरसफाइ प्रणालीको अध्यास गर्ने र गुल्पर प्रविधिले सरसफाई क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । यस परियोजनाले समाजमा स्वच्छ वातावरण सिर्जना गर्ने, स्रोतको पुर्नप्रयोग बढाउने र सरसफाई कर्मचारीहरूको स्वास्थ्यको सुरक्षा गर्ने अपेक्षा गरिएको छ ।

परियोजना टोलीमा प्राध्यापक जेम्स एब्डन, ब्राइटन विश्वविद्यालय बेलायतका सह–प्राध्यापक डियोगो डा सिल्भा साथै नेपाल इन्जिनियरिङ कलेजका प्राडा अरुण सत्याल र सहायक प्राध्यापक प्रकाश बस्याल संलग्न छन् । आयोजना सन् २०२४ को डिसेम्बरदेखि २०२५ जुनसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार