मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देही प्रहरीद्वारा निःशुल्क निवेदन लेखन सेवा र QR कोड प्रणाली सुरु, सेवा प्रवाहमा सुधार

Ujyalosandeshonline 11540+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै कार्यालय परिसरमै निःशुल्क निवेदन लेखन सेवाको शुभारम्भ गरेको छ । यसका साथै, प्रविधिको ज्ञान भएका सेवाग्राहीहरूका लागि विभिन्न निवेदनका नमुनाहरू भएको QR कोड प्रणाली पनि लागू गरिएको छ । यस पहलले प्रहरी सेवालाई थप सरल, सहज र पारदर्शी बनाउने विश्वास लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले सेवाग्राहीहरूलाई बिना कुनै झन्झट प्रहरी सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको बताउनुभयो । विशेषगरी निवेदन लेख्न नजान्ने वा यसका लागि बाहिरी मानिसको सहयोग लिनुपर्ने बाध्यता हटाउन यो निःशुल्क सेवा सुरु गरिएको एसपी क्षेत्रीको भनाइ छ ।

कार्यालयको मूल गेटमै स्पष्ट देखिने गरी टाँस गरिएको QR कोडमा जाहेरी दरखास्त, घरेलु हिंसा, ठाडो निवेदन, दुर्घटना निवेदन, मोबाइल चोरी तथा हराएको निवेदन, साइबर अपराध निवेदन, खोजतलास लगायतका निवेदनका नमुनाहरू समावेश गरिएका छन् । यसबाट सेवाग्राहीहरूले आफ्नै मोबाइलबाट निवेदनका ढाँचाहरू हेरेर वा डाउनलोड गरेर सजिलै निवेदन तयार गर्न सक्नेछन् ।

एसपी क्षेत्री रुपन्देही प्रहरी प्रमुखका रुपमा आएसँगै जिल्लाको शान्ति सुरक्षा र सार्वजनिक सेवा प्रवाहमा उल्लेख्य सुधार आएको छ । उहाँको नेतृत्वमा समुदाय-प्रहरी साझेदारीको प्रवर्धन, साइबर अपराध नियन्त्रणमा अग्रसरता र प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि जस्ता सकारात्मक कामहरू भएका छन् । यी पहलहरूले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार