मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

प्रधानमन्त्री कप : लुम्बिनीमाथि मधेश प्रदेशको जित

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ माघ २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मधेश प्रदेशले पाँचौं जित निकालेको छ । आइतबार मूलपानी मैदानमा भएको खेलमा मधेसले लुम्बिीन प्रदेशमाथि ९ रनको जित निकालेको हो । 

पहिला ब्याटिङ गरेको मधेशले ४१.३ ओभरमा सवै विकेट गुमाएर १६९ रनमात्रै बनायो । मधेशका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाउँदा पवन शर्राफ र अभिषेक तिवारीले २६–२६ रन बनाए । यस्तै मयन यादवले २२ रन बनाउँदा अनिल साहले १६ रनको पारि खेले ।

लुम्बिनीका विर मगरले सर्वाधिक ४ विकेट लिँदा अभिषेक गौतमले तीन विकेट हात पारे । यस्तै कृष्ण कार्की, मोहमद हुसेन निर्मल गुरुङले एक एक विकेट लिए । १७० रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीको सुरुआत राम्रो भएन । 

पहिलो विकेटको रुपमा ओपनर विराट भण्डारी १ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान सुशान्त थापाले पनि ६ रनको मात्रै योगदान गरे । 

मृनल गुरुङ तेस्रो विकेटको रुपमा आउट हुँदा व्यक्तिगत २१ रन बनाएका थिए । चौथो विकेट ४४ रन हुँदा गुमाएको थियो । मोहम्मद हुसेन २ रन बनाएर आउट भएका थिए । प्रज्वल थापाले पारि सम्हाले पनि लगातार विकेट पतन हुँदा लुम्बिनी हार भोग्न बाध्य बन्यो । 

प्रज्वलले ६२ रनको अर्धशतकीय पारि खेलेर आठौं विकेटको रुपमा आउट हुँदा लुम्बिनीले १४२ रन बनाएको थियो । लुम्बिनीका अभिषेक गौतम २६ रन बनाएर आउट हुँदा लुम्बिनीको आशा समाप्त भएको थियो । 

दिलसन अलीले २२ रन बनाएका थिए । मधेश प्रदेशका प्रदीप पासवानले ६ विकेट लिँदा अभिषेक तिवारीले २ विकेट हात पारे । रुपेश सिंह र हरि शंकर साहले एक एक विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार