मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटः सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत

Ujyalosandeshonline 12431+ समाचार ( )
१ माघ २०८०, सोमबार

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।भैरहवाको सिद्धार्थ रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा लुम्बनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो ।

लुम्बिनीको भने यो पहिलो हार हो । यसअघि लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

सोमबार लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।सुदूरपश्चिमको जितमा शेर मल्लले नटआउट ४२ रनको पारि खेदा खडक बोहराले २१ रनको योगदान गरे ।

यसैगरी नारायण जोशीले नटआउट २२ रन बनाउँदा टेक रावतले १८ तथा किरण ढगुन्नाले १६ रन बनाए । नरेभ भाटको ब्याटबाट १२ रन बनेको थियो । लुम्बिनीका अभिषेक गौतमले ३ विकेट लिँदा कृष्ण कार्की र अजय चाहानले एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८.४ ओभरमा सवै विकेट गुमाएर १५८ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाउँदा मोहमद हुसेनले २६ रन बनाए । यसैगरी मृनल गुरुङले १४ तथा कृष्ण कार्कीले १२ रनको नटआउट पारि खेले । दिल्सद अलील १० रनमा रनआउट भएका थिए ।

सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट लिँदा भोजराज भाट र नरेन साउदले दुई दुई विकेट लिए । यसैगरी मिलन बोहराले एक विकेट लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार