मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बुद्ध ज्ञानलाई अनुसरण नगर्ने हो भने हाम्रो गौरवको कुनै औंचित्य रहँदैनः मन्त्री पाण्डे

Ujyalosandeshonline 11564+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिनु भएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

आईतबार सम्पन्न बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्घको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’

देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्घान्तिक भन्दा व्यवहारिक र सदाचारि बनाउनु पर्ने आवश्यकता औल्याउदै मन्त्री पाण्डेले शिक्षा पद्घति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिए । 

विभिन्न देशका बुद्ध धर्मका आध्येताहरुलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने समेत विश्वास दिलाए । बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पुर्व पराराष्ट्र मन्त्री एवम् राजदुत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तस्रो विश्व युद्घ त हुँदैन ? भन्ने त्रास रहेको बेला बुद्घ जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्घानहरु एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपुर्ण भएको बताए । 

सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्र्षीया आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिनुभएको थियो । कार्यक्रम कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा भएको थियो । डिस्कसन विद् आचार्य सुजिन’ नामक सम्मेलनमा बुद्ध धर्मका  विद्वान , अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरि थाइल्याण्ड सहित विभिन्न देशबाट ६० जना सहभागी मध्ये नेपालबाट ४ सय भन्दा बढीको सहभागिता रहेको थियो । 

कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा. डा.बाशुदव काफ्ले, पुर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, प्रा. डा. दयाराम श्रेष्ठ, बाग्मती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठ, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, बुद्धधर्मका अनुसन्धानकर्ता र शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार