मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुगुमा कपास उद्योगबाट उत्पादित बस्तुको बजारीकरणको अभाव

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

मुगु । मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ८ तारापानीमा रहेको साना किसान सहकारी संस्थामार्फत सन्चालन भएको कपास उद्योगबाट निर्माण भएका कपडाहरु विक्री नहुँदा लाखौं रुपैंयाँ घाटा भएको छ । उद्योगबाट कपडाका गुन्यू, पटुका, मफलर, कोट, दोसल्ला, डसना, तकिया, दौरा सुरुवालको साथै यस्ता लुगा सिलाउने कपडा र कपासको पनि विक्री नहुँदा उद्योगमा काम गर्ने कामदारहरुले ज्याला दिन पनि गार्हो भएको सहकारी संचालकहरु बताउँछन् । 

मुगुको सोरु गाँउपालका कच्र्चे, तारापानि, सीप, बुम्च, कालैधेन, भिई, नाथर्पु, जिमाका कृषकहरुले उत्पादन गरेको कपडा र कपासको १० लिटर तेल, कपासका दाना १५ क्यान्टल गरी करिब १६ लाख रुपैंयाँ भन्दा बढीको सामान थन्किएको संचालकहरुले जानकारी दिएका छन् । परिवर्तनशिल साना किसान सहकारी सस्था अध्यक्ष पदम बहादुर मल्लले बजारीकरणको अभावले लगानी थन्किएको बताए ।

कपास उद्योगमा काम गर्ने सोरु गाँउापलिका ८ का ५८ बर्षका सिथिलाल चौलागाईले उद्योगबाट आफ्नो घर चलाएको भन्दै सामान विक्री नभएपछि पाउनुपर्ने सेवा पनि समयमा पाउन गार्हो भएको बताए । उनले भने, ‘रोजीरोटी घरखर्च, बालबच्चा पढाइ खर्च जोहो गर्न भारतका गल्ली गल्ली र बिदेशमा नेपाली युवाहरु दैनिक गइ रहेका छन् । यस्तो गाँउ घरमा कपास उद्योग सन्चालनमा आउँदा निकै खुसी लागेको थियो । बिहान बेलुका घरतिरको काम गर्न सकिने दिनमा उद्योगमा काम गर्दै आएका थिए ।

पछिल्लो समयमा उद्योगबाट उत्पादन गरिएका सामान बजारको व्यवस्था नहँुदा गोदाममा थन्किएको छ । विक्री नहुने चिन्ता छ, सामान विक्री नभएपछि पाउने सेवा पनि समयमा पाउन गार्हो हुने अवस्था छ ।’यसका साथै, पालिका उपाध्क्षय केशर बहादुर शाहीले कृषकहरुलाई उद्योगमा जोड्ने र लोपोन्मुख रैथाने कपास खेती तथा उद्योगलाई कसरी नियमित सन्चालन गर्ने एवम गुणस्तर वस्तु उत्पादन तथा बजारीकरणको विषयमा उद्योगसँग सहकार्य गरी अघी बढ्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार