मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

कञ्चनमा मगर नयाँ वर्ष र माघे संक्रान्तिको अवसरमा तीन दिने भव्य मेला तथा सांस्कृतिक कार्यक्रम हुने

जगीलाल थापा 30+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

कञ्चन । मगर समुदायको नयाँ वर्ष मिनाम ल्हेस ५०१९ तथा माघ्या सकरातीको पावन अवसरमा रुपन्देहीको कञ्चनमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित तीन दिने माघ्या सकराती मेला आयोजना हुने भएको छ। नेपाल मगर संघ, कञ्चन रुपन्देहीको आयोजनामा यही माघ १, २ र ३ गते कञ्चन–४ स्थित दियो खेल मैदानमा उक्त मेला सञ्चालन हुने संघका सचिव प्रकाश थापाले जानकारी दिनुभएको छ।

मेलालाई भव्य र सभ्य बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिका साथै मगर समुदायको मौलिक संस्कृति झल्कने झाँकी, परम्परागत भेषभुषा र खानपानका परिकारहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। मेलामा मनोरञ्जनका साथै प्रतिस्पर्धात्मक भावना बढाउन महिला भलिबल, लोक नृत्य, लोक दोहोरी, महिला तथा पुरुष तानडोरी र छेलोफाल जस्ता प्रतियोगिताहरू समावेश गरिएको छ। संघको पुस १६ गते बसेको बैठकले विभिन्न प्रतियोगिताका लागि संयोजक तोक्नुका साथै पुरस्कार राशि समेत निर्धारण गरेको छ।

प्रतियोगिताअन्तर्गत थम सिञ्जालीको संयोजकत्वमा हुने महिला भलिबलमा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः १० हजार र ६ हजार रुपैयाँ पुरस्कार तोकिएको छ। त्यस्तै, दुर्गा रानाको संयोजकत्वमा हुने लोकगीत प्रतियोगितामा उत्कृष्ट तीन स्थान हासिल गर्ने समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सुशिला थापाको संयोजकत्वमा हुने लोक दोहोरी गीत प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने तानडोरी प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष रेनुका थापाले जानकारी दिनुभएको छ। आयोजकले विभिन्न प्रतियोगितामा सहभागिताका लागि ५ सय देखि १ हजार रुपैयाँसम्म दर्ता शुल्क निर्धारण गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार