मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

सिरहा–३ मा रास्वपाका यादव विजयी

रासस 693+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

सिरहा । सिरहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भुकुमार यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार यावदले ३२ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वनाथ साहले नौ हजार ९४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुभाषचन्द्र यादवले नौ हजार ८७९ मत प्राप्त गरी चौथो स्थानमा रहनुभयो । यस निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार २५० मतदातामध्ये ७६ हजार ४३० मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार