बाढी पहिरो पीडितलाई यथाशीघ्र राहतको व्यवस्था होसः जसपा नेपाल

Ujyalosandeshonline 11543+ समाचार ( )
३१ असार २०८१, आइतबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । 

आइतबार  विज्ञप्ति जारी गरी प्राकृतिक विपदमा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टी सदस्यहरु तथा भ्रातृ संगठनहरुलाई अपिल गरिएको छ । पार्टीले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपदमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकूल परिवाजनमा समवेदना प्रकट गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार