मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कल बाइपास आरोपमा ४६० वटा सिमसहित एकजना पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले कलबाईपासमा संलग्न रहेको आरोपमा एकजनालाई भैरहवाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८, नोडिहवा बस्ने २७ वर्षिय रोहित अहिर छन् ।

पक्राउ परेका रोहितको साथबाट विभिन्न उपकरणहरु पनि प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेका अनुसार स्पोलिएर कम्पनीको हब ९ थान, इन्टल कोर आईफाइभ कम्पनी कप ४ थान, मोडेम १६७ थान, हब विथ एन्टेना २ थान, नेपाल टेलिकमको सिमकार्ड १९० थान, एनसेलको सिमकार्ड २७० थान, एलसिडी मनिटर १ थान बरामद गरिएको छ ।

त्यसै गरी मोबाइल ५ थान, ल्यापटप १ थान, वल्र्डलिंक राउटर, स्वीच, नेटवर्क भिडियो रेकर्डर र हब केबल्स लगायतका सामान बरामद गरिएको प्रहरी निरीक्षक बन्जाडेले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका–३, खजहनास्थित गुलाबचन्द गुप्ताको घरकोठा भाडामा लिइ विभिन्न उपकरणहरु जडान गरी कलबाईपास सञ्चालन गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्ताको घर खानतलासी गर्ने क्रममा रोहितलाई पक्राउ गरेको हो । कलबाईपास कसूरमा बिहीबार रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ उनीमाथिअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार