मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

रुपन्देही कारागारमा ३११ कैदीबन्दीको निःशुल्क आँखा परीक्षण, १८ लाई चस्मा वितरण

Ujyalosandeshonline 11566+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना र श्रीकृष्ण नेत्रालय प्रालिको प्राविधिक सहयोगमा जिल्ला कारागार कार्यालय, रुपन्देहीमा ३११ जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । शनिबार सम्पन्न शिविरमा १८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ ।

आँखा परीक्षणमा संलग्न स्वास्थ्यकर्मीका अनुसार मोतियाविन्दु र जलविन्दुको शंका लागेका ८ जनालाई थप उपचारका लागि परामर्श दिइएको छ । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । संघले यसअघि मानसेवा आश्रम र भीम अस्पतालमा सहयोग लगायतका कार्यक्रम गरिसकेको छ ।

कार्यक्रम संयोजक एवं संघकी कार्यसमिति सदस्य मिना मन्थीले कारागार नजिकै रहेकाले सेवामूलक कार्यक्रम गर्ने उद्देश्यले आँखा शिविरको आयोजना गरिएको बताइन् । शिविरबाट धेरै कैदीबन्दी लाभान्वित भएको उनको भनाइ छ ।

कारागार प्रशासक सुरेश भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष दीलिपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी र श्रीकृष्ण नेत्रालयका सौरभ सरकारले यस कार्यको प्रशंसा गरेका छन् । शिविरमा कैदीबन्दीका साथै कारागारका प्रहरी र कर्मचारीको पनि आँखा जाँच गरिएको थियो । संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार