मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

भूकम्पका विरुद्ध राजनीति नगरौं : गृहमन्त्री लेखक

Ujyalosandeshonline 11566+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन् । भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताए ।  गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुर्नस्थापना प्राधिकरण,  प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नुपर्ने बताए । उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए ।

डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए । मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताए । 

पुर्ननिर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाइ सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ । भूकम्पपछि जति जनताले दुख पाउनु भयो अवका दिन पाउन नदिने गरि सरकार लागी परेको छ । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले विपद जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउन आग्रह गरे । 

गतबर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्बाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरि जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार