मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नेकपा एमाले रोहिणीको अध्यक्षमा सुनिल कौशल

Ujyalosandeshonline 11564+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

भैरहवा । नेकपा एमाले रोहिणी गाउ कमिटीको अध्यक्षमा सुनिल कुमार कौसल चयन हुनु भएको छ । नेकपा एमाले रोहिणी गाउ कमिटीको दोस्रो अधिवेशनले कौसलको अध्यक्षतामा ३१ सदस्यीय नया कार्यसमिती चयन गरेको हो ।

यस्तै गरी उपाध्यक्षमा सुर्य नारायण यादव, सचिवमा इमरान खान, सहसचिवमा ओमप्रकाश यादव, बिद्योतमा कुर्मी रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा हसामुद्धिन अली, मोहम्मद अली नवाब, रामहित यादव, ललित कलवार, आसा क्षेत्री, तिरथ प्रसाद धवल लगायत रहनु भएको छ । नवनिर्वाचित कार्यसमितीलाई लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी इन्चार्ज संजय कुमार गुप्ताले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

नेकपा एमाले रोहिणी गाउपालिका कमिटी उपाध्यक्ष दिलिप मणी त्रिपाठीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य डा. कृष्ण न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हितराज पन्थी, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार धनेश्वरी चौधरी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी गाउपालिका इन्चार्ज संजय कुमार गुप्ता, ओमसतिया गाउपालिका पुर्व अध्यक्ष हिरा केवट लगायतले शुभकामना मन्तब्य राख्नु भएको छ ।

नेकपा एमाले रोहिणी गाउपालिका अध्यक्ष सुनिल कुमार कौसलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सचिव ,स्थानिय बिभाग प्रमुख तथा रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सचिव इमरान खानले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार