मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

८ औँ एबीटीओ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने टोलीको बिदाइ

Ujyalosandeshonline 11564+ समाचार ( )
२३ मंगशिर २०८२, मङ्गलबार

भैरहवा ।  बौद्ध पर्यटनसँग सम्बन्धित विश्वव्यापी मञ्च एसोसिएशन अफ बुद्धिष्ट टुर अपरेटरस् द्वारा भारतको बिहारस्थित नालन्दा मा आयोजित ८ औँ एबीटीओ अन्तर्राष्ट्रिय बुद्ध ट्राभल मार्ट –२०२५ मा सहभागिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको अगुवाइमा एक प्रतिनिधिमण्डल भारततर्फ प्रस्थान गरेको छ।

​नगरपालिकाका तर्फबाट प्रतिनिधित्व गर्दै उपसचिव हरि प्रसाद ज्ञवाली, वडा अध्यक्ष एवं प्रवक्ता  ईनामुल्ला फकिर, पर्यटन तथा समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल, तथा शिवनन्दन हरिजन सम्मेलनमा सहभागी हुनेछन । यसै गरि लुम्बिनी होटल संघको उपाध्यक्ष भुपेन्द्र गुरुङ्ग, एबीटिओको सल्लाहकार अशोक गुप्ता, लुम्बिनी विकास कोषका नायब सुब्बा दिलिप कुलुङ, पर्यटन व्यवसायी ताराचन्द्र अर्याल, केशवराज न्यौपाने र माया गुरुङ्ग, पत्रकार राधेश्याम विश्वकर्मा र मोहम्मद हबिब पनि सम्मेलनमा सहभागी हुन भारत विहार प्रस्थान गरेका छन । 

सहभागी टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाकी कार्यबाहक नगर प्रमुख कल्पना हरिजन तथा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले विदाई गरेका थिए । 

​यो महत्वपूर्ण कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । यस सम्मेलनबाट बौद्ध संघ–संस्था तथा विश्वभरका प्रतिष्ठित संस्थासँग सहकार्य विस्तार, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धन, र विशेष गरी लुम्बिनी र बुद्ध परिपथ नेपालका साथै विश्वका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, अध्ययन तथा अनुसन्धान क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार