मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : डा. हेगलिन

Ujyalosandeshonline 11566+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । क्वान्टम भौतिकशास्त्री डा.जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन् । नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले योग र यज्ञले समाजमा शान्ति स्थापना गर्ने बताएका हुन् । 

उनले भने, ‘योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ, योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ ।  यी दुवै विषय स्वर्णयुगका उच्चतम प्रविधि हुन् । यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन ।’योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो । 

५० वर्षअघि नेपाल आएका महर्षि महेश योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए । सोही विषयलाई थप प्रकाश पार्दै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए । उनले अनुसार विश्वको नेतृत्व लिने नेपालका दुई वटा रणनीतिस योग र यज्ञ भएको उल्लेख गरे । 

अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनका निर्देशकसमेत रहेका डा. हेगलिनले नेपाललाई विश्वको नेतृत्व लिन सक्ने बनाउनका लागि आफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको दाबी गरे । 

महर्षि महेश योगी नेपाल आएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्र प्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता पनि नेपालसँग भएको उल्लेख गरे । 

उनले विज्ञान, प्रविधि र सार्वजनिक नीति अध्ययन संस्थानका निर्देशक वैदिक ज्ञानको सदुपयोग गर्न सकेन संसारलाई नेतृत्व गर्ने क्षमता विकास गर्न नेपालका लागि टाढाको कुरा नभएको उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार