मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

विपिन जोशीको जीवनरक्षा गर्न सभामुखको अपिल

Ujyalosandeshonline 11566+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् ।

नेपालका लागि इजरायली राजदूत हनान गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन् । 

‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ राजदूतलाई भनिएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको समेत बताए । हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ ।

भेटका क्रममा गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको उल्लेख गरे । उनले विपिन व्यक्तिगतरुपमा पनि परिचित रहेको उल्लेख गर्दै जोशीको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी गराए । 

राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार