मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सकेन् : माधव ढुङ्गेल

Ujyalosandeshonline 11540+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

रामेछाप । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले भूतपूर्व सेना र प्रहरीलाई देशले उपयोग गर्न नसकेको बताएका छन् । एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै ढुङ्गेलले नयाँ पुस्ताका युवा र शैक्षिक संस्थाको प्रशिक्षकका रूपमा पूर्वसैनिक र प्रहरी परिचालन गर्न सकिने बताए ।

युवा, विद्यार्थी र समुदायलाई अनुशासनको पाठ पूर्वसैनिक र प्रहरीले सिकाउन सक्ने उनको धारणा छ । ‘सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सक्नु पर्दछ’, ढुङ्गेलले भने । 

म बाट हामी बन्नको लागि कम्युनिष्ट भएको बताउँदै उनले मानिसको सीपले समाज परिवर्तन गर्न सकिन्छ भनेर लागेकाहरू माक्र्सवादी भएका स्पष्ट पारे । यस्तो संगठनको चेन भित्र बस्न तयार भएकाहरू लेनिनवादी भएको उनको भनाइ छ । 

भ्रष्टाचार आज देशको प्रमुख चुनौती भएको बताउँदै ढुङ्गेलले कष्ट व्यहोरेर, देश विदेश घुमेर, अनुशासनको पाठ सिकेर आएका भूतपूर्व सेना र प्रहरीले नेपालमा सुशासन अभिवृद्धिको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनको विश्वास छ । देशलाई शिरमा राखेर काम गर्ने संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हुनसक्ने ढुङ्गेलको धारणा छ । 

देशलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय शक्ति नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले यो अभियानमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताए । कम्तीमा पाँच वर्ष कुनैपनि राजनीतिक दलले एकले सरकार सञ्चालन नगर्दासम्म कसले के काम गर्छ भन्ने कुरा थाहा नहुने उनले बताए । ढुङ्गेलले एमालेलाई पाँच वर्षको लागि एकल बहुमत दिएर हेर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार