मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ : मन्त्री भट्टराई

Ujyalosandeshonline 11566+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंग भएको छलफलमा उनले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने भन्दै जनतालाई नतिजा दिनेअगाडि बढ्ने बताईन् । 

उनले भनिन्, ‘शिक्षा क्षेत्रभित्र रहेका समस्याका बारेमा हामी सबै अवगत नै छौ । यसको लागि हामी सबै र सरकार बसेर कसरी समाधान गर्ने भन्ने सुझाव र सल्लाहाकै आधारमा म अगाडि बढ्ने नै छु । किनभने व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य र समन्वयबिना जनतालाई केही पनि नतिजा दिन सक्दैनौ । त्यसैले व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य आवश्यक हुन्छ । शिक्षा प्रणालीमा समस्या छ त्यसलाई समाधान गर्ने गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्यो भने मात्र समस्याको समाधान हुन सक्छ ।’ 

यसको साथै, उनले ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा कार्य योजना बनाएर अगाडि बढ्ने बताईन् । 

उनले भनिन्, ‘शिक्षा मन्त्रालयको मुख्य काम भनेको शिक्षासँग सम्बन्धित सबै काम हो । हाम्रो ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा हामीले कार्य योजना बनाएर अगाडि बढ्नु पर्छ भन्ने मलाई लाग्छ । अनिवार्य निशूल्क शिक्षा ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको खाका मन्त्रालयले बनाउनु पर्छ । मन्त्रालयले त्यो बनाएर अगाडि जानु पर्छ । यसबारे छलफल भएको छ, यसको कार्यान्वयनको लागि स्थानिय सरकारसँग पनि छलफल गर्छौ । कम्तीमा एक महिनाभित्रमा एउटा खाका दिनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ ।’

प्राथमिकता तय गरेर अगाडि बढ्यो भने मात्र त्यसले परिणाम निकाल्न सक्छ भन्दै त्यसप्रति मन्त्रालय गम्भिर भएर लागेको उनको भनाई छ । 

नेपालको वर्तमान शिक्षण प्रणालीलाई समिक्षा गर्ने सवालमा पाठ्यक्रम, परिक्षा र सिंगो मन्त्रालयको टिमसँग बसेर छलफल गरेको भन्दै यसको बारेमा करिब १५ दिनमा नतिजा निकालेर अगाडि बढ्ने बताइन् । 

उनले भनिन्, ‘नेपालको वर्तमान शिक्षण प्रणालीलाई समिक्षा गर्न जरुरी छ, त्यो समिक्षा गर्ने कुरामा मूल्यांकन प्रणालीलाई कसरी समिक्षा गर्ने भन्ने सवालमा पाठ्यक्रम, परिक्षा र सिंगो मन्त्रालयको टिमसँग बसेर छलफल गर्दै छु यसको बारेमा करिब १५ दिनमा नतिजा निकालेर अगाडि बढ्ने छौ । र एसइइको बारेमा यसको पूरक परिक्षा देखि गर्नुपर्ने कामहरु सबैलाई व्यवस्थित गर्दै जाने छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार