मुख्य समाचार
रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता | पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी |

सन्धिखर्कमा मासु पसलमा ग्यास सिलिन्डर विस्फोट, ठूलो क्षति हुनबाट जोगियो

अनिल नेपाली 141+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा एक मासु पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, रतहलेमा रहेको मासु पसलमा दुईवटा ग्यास सिलिन्डर एकैसाथ विस्फोट भएपछि आगलागी भएको हो ।

सिलिन्डर विस्फोटनको ठूलो आवाजसँगै आगो फैलिएको थियो । घटनालगत्तै स्थानीयवासी, अन्य व्यवसायी र सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार सबैको समयमै भएको प्रयासका कारण आगो थप फैलिन नपाई नियन्त्रणमा आएको हो ।

आगलागीबाट पसलमा रहेका केही सामान जलेर नष्ट भए पनि कुनै पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । स्थानीयहरूले समयमै उद्धार कार्य भएकाले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन् ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेकाले थप जोखिम नरहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले ग्यास सिलिन्डरको प्रयोग गर्दा उच्च सावधानी अपनाउन र विशेषगरी व्यावसायिक क्षेत्रमा आवश्यक सुरक्षा सामग्री तथा अग्नि नियन्त्रक उपकरणहरु अनिवार्य राख्न सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार