भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति मौलायो

Ujyalosandeshonline 11142+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौं । नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने गलत प्रवृत्ति रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले, जिल्ला संघहरु खेल विकास र विस्तारको निम्ती सजिलै खेल्न सकिने खेलहरुले ७७ जिल्लामा नै खेल संघ विस्तार गर्न सकिने तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रबृत्ति विकास भएको बताए । 

उनले भने, ‘हामीले खेल विकास र विस्तारको निम्ती ७७ वटै जिल्लामा खेल संघ विस्तार गर्न सकिन्छ । तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने मात्र जिल्लामा संघ बनाउने काम भएको छ । जुन गलत छ ।’

उनले खेलकुदको कार्यक्रममा आसन र भाषणले समय वर्वाद गरिराखेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बतताए । धेरै भन्दा धेरै खेलकुदलाई व्यवस्थित र व्यवसायिक बनाउने कुरामा परिषद्को जोड रहेको उनको भनाई छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार