मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मेला–महोत्सवहरु अर्थतन्त्र सुधारका प्रमाण हुन् : प्रधानमन्त्री

Ujyalosandeshonline 12437+ समाचार ( )
१ माघ २०८०, सोमबार

सन्धिखर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसवर्ष आयोजना भएका विभिन्न मेला र महोत्सवहरु अर्थतन्त्र सुधारको प्रमाण भएको तर्क गरेका छन् ।

सोमबार अर्घाखाँचीको महोत्सवलाई सम्बोधन गर्न पुगेका दाहालले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकामा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको उल्लेख मात्रै गरेनन् हाल आयोजना भइरहेका मेला–महोत्सवलाई त्यसको प्रमाण भनेर अर्थ्याए ।

अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू विरलै भएको उल्लेख गर्दै दाहालले यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभ संकेत भएको बताए । 

दाहालले यस वर्ष आर्थिक सुधार हुनेमा जोड दिँदै भने,‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू विरलै हुने गर्दथे । तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन् । विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन् । अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौं ।’’ 

यस्तै दाहालले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढेको जिकिर गरे ।

‘भारत भ्रमण, विश्व खाद्य सम्मेलन, चीन भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलन (कोप–२८)संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण लगायतबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति हुनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण पहल लिइएको छ । केही दिनमा युगान्डामा हुने असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गरी मैंले सम्बोधन गर्दैछु । यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रभाव थप विस्तार हुने मैंले विश्वास लिएको छु,’दाहाल सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार