मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

Ujyalosandeshonline 12431+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताए ।

उनले भने,‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा केही न केही भए तर त्यो हाम्रो राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता अपेक्षा अनुसार भएन । त्यसकारण अब हाम्रो ऐतिहासिक कार्यभार भनेको समृद्धिको यात्रालाई तिव्र गरेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, सञ्चार, बिजुली, खानेपानी जस्ता आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो ।’

उनले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा रहेको भन्दै कार्यभार पूरागर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको बताए ।  

उनले भने,‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभीमान,  हितको रक्षा र राष्ट्रिय एकतालाई बलियो बनाउनु पहिलो कार्यभार हो । हाम्रो उपलब्धीको रक्षा गर्नु र बलियो बनाउनु दोस्रो कार्यभार हो । राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरेर रुपान्तरण गर्नु तेस्रो र चौथो कार्यभार भनेको आर्थिक समृद्धिमा क्रमबद्धता हो । यो चार कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा छ । त्यसकारण कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीबाटै संभव छ । अहिलेको यथार्थ हो ।’

उनले राष्ट्रिय कार्यभार र पार्टी पुननिर्माणको कार्यभार पूरा गर्न संकल्प गरेर अगाडि बढ्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गरे । नेपालको आजको एतिहासिक परिवर्तनको लागि मुख्य भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको भन्दै यसमा विवाद गर्नु सत्यलाई स्विकार नगर्नु भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार