मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एसपी दिपेन्द्र पंजियारको नेतृत्वमा प्रभावकारी बन्दै पाल्पाको शान्ति सुरक्षा

Ujyalosandeshonline 12437+ समाचार ( )
३ पौष २०८२, बिहीबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा सम्पादित विभिन्न कार्य तथा उपलब्धिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार यस महिनामा प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र राजस्व संकलनका क्षेत्रमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको छ।

मंसिर महिनामा मात्रै जिल्लामा कुल २४ वटा नयाँ मुद्दाहरू दर्ता भएका छन्, जसमा बैंकिङ कसूर, सवारी ज्यान र भवितव्य ज्यानका मुद्दाहरू प्रमुख रहेका छन्। प्रहरीले यस अवधिमा ९ वटा मुद्दाको सफल अनुसन्धान सम्पन्न गरी फछ्र्यौट गरेको छ भने विभिन्न अपराधमा संलग्न १२ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। यस्तै, अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिँदै ६ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरूबाट १ लाख ५ सय रुपैयाँ जरिवाना र ५ महिना २८ दिन कैद असुल गरिएको छ।

राजस्व संकलन र अवैध गतिविधि नियन्त्रणमा पनि पाल्पा प्रहरी निकै सक्रिय देखिएको छ। ट्राफिक नियम उल्लंघन, भन्सार छली र प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रणका क्रममा यस महिना ६ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरिएको छ। यसका साथै प्रहरीले ४०४ लिटर अवैध मदिरा र दुईवटा अवैध हतियार समेत बरामद गरेको छ। घरेलु हिंसाका उजुरीहरूमा मिलापत्र गराउने र हराएका व्यक्तिहरूको खोजी कार्यमा पनि प्रहरीले उल्लेख्य भूमिका निर्वाह गरेको छ।

सामाजिक उत्तरदायित्व र सचेतनाका क्षेत्रमा प्रहरीले ६७ वटा समुदाय-प्रहरी साझेदारी कार्यक्रम र २७ वटा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ, जसबाट २ हजार ७ सय नागरिक तथा विद्यार्थीहरू लाभान्वित भएका छन्। पाल्पामा प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले नेतृत्व सम्हालेपछि जिल्लाको शान्ति सुरक्षा र कार्यसम्पादन शैली थप प्रभावकारी, योजनाबद्ध र नागरिकमैत्री बनेको महसुस गरिएको छ। उहाँको सक्रिय कमाण्डका कारण प्रहरीको मनोबल उच्च हुनुका साथै अपराध नियन्त्रणमा सकारात्मक परिणामहरू देखिएका छन्।

नागरिक सेवालाई सहज बनाउन कार्यालयले सहायता कक्ष र हटलाइनमार्फत ७१० जनालाई प्रत्यक्ष सेवा प्रवाह गरेको छ। प्रहरी कर्मचारीको कार्यक्षमता र मनोबल बढाउन 'बेस्ट पुलिस अफ द मन्थ' र हाइकिङ जस्ता सिर्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्। माथागढीमा आयोजित सार्वजनिक सुनुवाई र तानसेनको बोटे समुदाय लक्षित विशेष कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै जिल्लामा सुशासनको जग बलियो बनाउन मद्दत पुर्याएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार