मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पूर्वराजा ज्ञानेन्द्रले ०८४ को चुनाव लड्ने हिम्मत गरुन् : न्यौपाने

Ujyalosandeshonline 11540+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गरेकी हुन् ।

उनले भनिन् ,‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो । गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो । सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ– कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् । ’ 

साथै उनले पछिल्ला दिनहरुमा संसद जनताको समस्याको छलफल गर्ने भन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोप गर्ने थलो भएको बताइन् । उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताइन् । शाहले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमार्फत नेपालको उन्नतिका लागि आफूहरू आवश्यक सबै त्याग्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार