मुख्य समाचार
चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही |

नेपाल प्रजापति संघ रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12455+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

भैरहवा । नेपाल प्रजापति (कुम्भकार) संघ जिल्ला कार्यसमिति, रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भैरहवास्थित भीम अस्पतालमा भएको कार्यक्रममा २९ यूनिट रगत संकलन भएको संघका जिल्ला प्रवक्ता दिलिप प्रजापतिले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन गर्दै भीम अस्पतालकी प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले रक्तदान जीवनदान भएको बताइन् । उनले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीले रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताइन् । ‘अझै पनि रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम छ । यस्ता कार्यक्रमले ती भ्रमहरुलाई चिर्न मद्दत गर्छ । रक्तदान गर्नु स्वास्थ्यका लागि पनि राम्रो हो, ’उनले भनिन् ।

त्यस्तै विश्व हिन्दू परिषद् नेपाल रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले मानिसलाई निरोगी बनाउन नेपाल प्रजापति (कुम्भकार) संघको भूमिका महत्वपूर्ण रहने बताए । ‘माटोको भाडाको प्रयोगमार्फत शहरलाई प्लाष्टिकमुक्त बनाउन सक्छौं, यसका लागि प्रजापति संघको विशेष भूमिका छ, ’उनले भने । संघले रक्तदानलगायत विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै जानुपर्ने उपाध्यायले बताए ।

नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीका सह–सचिव एवं कार्यक्रम संयोजक श्याम कोहारको अध्यक्षता, मनोज प्रजापति (महाकाल) को स्वागत तथा नेपाल प्रजापति (कुम्भकार) संघ रुपन्देहीका सचिव विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भीम अस्पताल रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक श्याम कोहारले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार