मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ पौष २०८१, आइतबार

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् । पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना व्यवसायीहरुले टेर्ने नगरेको बताएका हुन् ।

उनले पर्यटन व्यवसायीहरुप्रति लक्षित गर्दै भने, ‘महानगरले पटक – पटक फेवातालमा ढल नफाल्न पत्र लेख्छ । तर १९ जना व्यवसायीहरुले टेर्दै टेर्नुहुन्न । २४ घण्टाभित्र खुरुक्क फेवातालमा ढल फाल्न रोक्नुहोस् न । किन रोक्नु हुन्न ?’

उनलें अन्यथा महानगरले त्यस्ता संस्था वा व्यक्तिहरुलाई कानून अनुसार कारबाही गरेर छाड्ने चेतावनी दिए ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गराउन आफूलाई १८ महिना लागेको बताए । पर्यटनको राजधानी घोषणा गरेर मात्र के हुन्छ भन्नेहरुप्रति इंगित गर्दै उनले अघि भने ‘पर्यटनको राजधानी घोषणा गरेर मात्र केहि हुन्न भन्ने होइन । धेरै हुन्छ । सरकारले वातावरण बनाइ दिने हो । ब्यबसायीहरुलाई ल्याएर चम्चाले मुखमा खुवाई दिने हैन ।’

महानगरले पोखराको बसुन्धरा पार्कमा बिग्रिएको जहाजको बडी राखेर निजी क्षेत्रलाई रेस्टुरेन्ट चलाउन दिने र पोखराको पहिचानको रुपमा रहेको सारंगीको ठुलो प्रतिमा राख्न खोजिरहेको र स्थानीय जनताले विरोध गरिरहेका छन् । त्यसतर्फ संकेत गर्दै मेयर आचार्यले पोखराका सार्वजनिक जग्गा सरकारका सम्पत्ति भएको र त्यसको संरक्षण गर्ने बताए । उनले त्यस्ता सार्वजनिक सम्पत्ति निजी सम्पत्ति जसरी जे काम गर्दा पनि विरोध हुने गरेकोमा आक्रोश पोख्दै जे काम गरे पनि विरोध गर्ने, जे गरे पनि रोक्ने र हरेक ठाउँमा मुद्दा हाल्ने काम रोक्न चेतावनी दिए ।

सन् २०२५ लाई पोखरा भ्रमण वर्ष मनाउन लगिएको जानकारी दिंदै मेयर आचार्यले बिगतमा पर्यटन क्षेत्रलाई जम्मा ४ – ५ लाख रुपैयाँ बजेट बिनियोजन हुने गरेकोमा आफू आएपछि पहिलो वर्ष ५५ करोड र दोश्रो वर्ष ८५ करोड छुट्टाइएको दाबी गरे।

सिंगो पर्यटन क्षेत्रको विकासका लागि महानगरले काम गरिरहेको दाबी गर्दै मेयर आचार्यले पर्यटन क्षेत्रमा केही भएन भनेर खाली विरोध गर्ने काम नगर्न सबैलाई अनुरोध गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार