मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो

Ujyalosandeshonline 12437+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा नगर प्रहरीले ज्यादती गरेको भन्दै आपत्ति जनाएको छ । संगठनले पसलको अगाडिबाट सामग्री उठाउने नाममा नगर प्रहरीले ज्यादती गरेको भन्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाएको हो ।

‘एकाएक नगर प्रहरीद्वारा पसलहरुको अगाडिबाट व्यापारीका सामग्रीहरु कुनै पनि प्रकारले उठाएर लैजाने क्रममा शरीरमा चोटपटक लाग्ने गरी जबरजस्ती धक्कामुक्की गर्नु, हातखुट्टा भाँच्नु, पर्यटकहरुसित अभद्र व्यवहार गर्ने कार्य भएको छ, ’संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने । उनले हालको परिस्थितिमा बजार चलायमान नभएर सम्पूर्ण उद्योग–व्यवसाय क्षेत्र समस्याग्रस्त रहेको बताए । नगर प्रहरीको बोल्ने व्यवहार, शैली, सामान उठाउने, पर्यटकहरुसित गरिने व्यवहार राम्रो नरहेको, चेतावनी दिएर सामान उठाउनुपर्ने भए पनि राम्रो व्यवहार नगरिएको उद्योगी–व्यवसायीको गुनासो छ।

त्यसैले तालिमको साथ प्रहरीलाई परिचालन गर्न अध्यक्ष श्रेष्ठले नगरपालिकाले आग्रह गरे । अन्यथा यस विषयमा घोर विरोध गर्न बाध्य हुने उनले बताए । ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष श्रेष्ठ, निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गौतम कुमार गुप्ता, एशोसियट सदस्य राम अवध गुप्ता, कार्यसमिति सदस्य प्रियबन्ध न्यौपाने, कृष्ण प्रसाद मरासिनी लगायत सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार