मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बुटवलमा श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

भैरहवा । रुपन्देही प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका बाग्लुङका विजय भनिने बिर बहादुर कुँवरलाई बुटवल बसपार्कबाट पक्राउ गरेको छ । कार्तिक २७ गते सिद्धार्थनगर–८ स्थित होटल लुम्बिनी गेटको स्टाफ कोठामा उनकी २० वर्षीया श्रीमती मेलिना परियार मृत फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सामाजिक सञ्जालको प्रयोग र अर्को महिलासँगको कुराकानीलाई लिएर दम्पतीबीच विवाद भएको थियो। सोही क्रममा मदिरा सेवन गरेका कुँवरले श्रीमतीको हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

घटनापछि फरार भएका कुँवरलाई कार्तिक २८ गते साँझ बुटवल उपमहानगरपालिका–९ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार