मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

आइसीसी टी–२० विश्वकपमा क्यानडाको पहिलो जित

Ujyalosandeshonline 11566+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ । न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम राखेको छ । आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो । आयरल्याण्ड यसअघि भारतसँग पराजित भएको थियो । 

खेलमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि क्यानडाको सुरुवात खराब रह्यो तर अन्तिममा टोलीले १ सय ३७ रनको सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । १३८ रनको लक्ष्यको जवाफमा आयरल्यान्डको टोलीले अन्तिम ओभरमा कडा संघर्ष गरे पनि टोली विजयबाट १२ रन मात्र टाढा रह्यो ।

पहिले ब्याटिङको निमन्त्रणा पाएपछि क्यानडाका नवनीत धालिवालले ६ रन बनाए भने आरोन जोन्सनले १४ रनको योगदान दिए । ३ नम्बरमा ब्याटिङ गर्दै परगट सिंहले उत्कृष्ट १८ रन बनाए पनि उनी पनि चाँडै नै पभेलियन फर्किए । क्यानडाले एक समयमा ५३ रनमा ४ विकेट गुमाएको थियो तर त्यहाँबाट निकोलस किर्टन र श्रेयस मोभाले ७५ रनको महत्वपूर्ण साझेदारी गरे । किर्तनले ३ चौका र २ छक्का सहित ४९ रन बनाए भने श्रेयसले ३७ रनको उत्कृष्ट पारी खेले । आयरल्याण्डका लागि क्रेग योङ र ब्यारी म्याकग्राथीले २–२ विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका ओपनरहरूले टोलीलाई सुस्त सुरुवात गराए । पल स्टर्लिङ र एन्ड्रयु बालबर्नीले ५.४ ओभरमा २६ रन जोडे । यसपछि आयरल्यान्डले लगातार अन्तरालमा विकेट गुमायो र ५९ रनको स्कोरमा आयरल्याण्डका ६ ब्याट्सम्यान पभेलियन फर्किए । मार्क एडेयर र जर्ज डकरेलले सातौं विकेटका लागि ६२ रनको साझेदारी गरे पनि अन्तिम ओभरमा मार्क एडेयर ३४ रन बनाएर आउट भए भने अर्को छेउमा डकरेलले ३० रन बनाएर अविजित रहे र आयरल्यान्डले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो । क्यानडाका लागि जेरेमी गोर्डन र डिलन हेलिगरले २–२ विकेट लिए भने जुनैद सिद्दिकी र साद बिन जाफरले एक–एक विकेट लिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै