मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

Ujyalosandeshonline 11540+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गर्नुभएको हो ।

मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी, गृह मन्त्रालयका उच्च अधिकारीलाई प्रसंशापत्रद्वारा सम्मान गर्नुभयो । साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “निर्वाचन ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ, यो पटकको निर्वाचनमा रक्तपात भएन । पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा सलाई कायम राख्न जरुरी छ ।” मन्त्री अर्यालले उत्साहवर्द्धक रुपमा निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताउनुभयो । 

“निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशिलता र क्षमता प्रशंसनीय छ”, मन्त्री अर्यालले भन्नुभयो, “विगतका कतिपय घट्नाहरु नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझिकन निर्देशन भए होलान । तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, निर्णय पुग्नुभन्दा अगाडि धेरै विचार गरेका छौँ, समन्वय गरेका छौँ । आइसकेका समन्वयात्मक निर्णयलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायहरुको भूमिका उल्लेखनीय छ ।”

रक्षा मन्त्रालयका सचिव अर्यालले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गर्नुभयो । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कामय गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार