जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब

Ujyalosandeshonline 11175+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण गरेर पुनर्निर्माणलाई तीव्रता दिइने बताए । 

उनले भने,  ‘सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी  तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ । भूकम्पपछिको पुनर्निर्माणका लागि रु. २१ अर्ब ६० करोड विनियोजन गरेको छु ।’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार