मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


लुम्बिनी कांग्रेसद्वारा मुख्यमन्त्री चौधरीलाई १४ बुँदे ज्ञापनपत्र

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले ‘समुदायमा कांग्रेस’ अभियानबाट प्राप्त सुझावहरु समेटेर लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई  मंगलबार प्रदेश कार्यालय भालुवाङमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा बाटोघाटो, सिँचाइ, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था, रुकुम पूर्वमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको, बैंकबाट लुटिएको सुनबापत क्षतिपूर्ति प्राप्त नभएकोसँगै पूर्वी रुकुममा भरपर्दो इन्टरनेट सेवाको व्यवस्था गर्न माग गरिएको छ ।  त्यस्तै रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरु विदेशिइरहेकाले उद्यमशीलता विकास गर्न रोजगारमूलक तालिम तथा निब्र्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामग्रीको  बजार व्यवस्थापन गर्न माग गरिएको छ ।

त्यस्तै, अर्घाखाँचीका किसानको चिस्यान केन्द्रमा राखिएको झण्डै एक करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरुलाई क्षतिपूर्ति दिन, प्यूठान, अर्घाखाँची लगायतका जिल्लामा सुरु गरिएको ’एक घर एक धारा’ अभियानअन्तर्गत सरकारी तथा स्थानीय समुदायले पुरा गरेको कामको अझै भूक्तानी हुन नसकेकाले तत्काल भुक्तानी गर्न, किसानका लागि समयमै मलखाद, बिउबिजनको व्यवस्था गर्न तथा जिल्लाहरुमा सिँचाइको व्यवस्था गर्न माग गरिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत पहाडी जिल्लाहरुमा सञ्चालित अधिकांश क्याम्पस भवनहरु जीर्ण अबस्थामा रहेकाले तिनको मर्मतसम्भार र पुनर्निर्माणका साथै प्राध्यापकहरुको तलबको सुनिश्चता, पाल्पाको भगवती मन्दिर, रानीमहल लगायतका पर्यटकीय महत्वका केन्द्रहरुको संरक्षणसँगै प्रचार प्रसार गर्न पनि काग्रेसले मुख्यमन्त्री चौधरीसँग माग गरेको छ ।

ज्ञापनपत्रमा महिला हिंसा, बालविवाह तथा दाइजो प्रथा नियन्त्रण गर्न, जंगली जनावरहरु निलगाई तथा बँदेल नियन्त्रण गर्न, जीर्ण सडकहरुको मर्मत सम्भार गर्न तथा लुम्बिनी प्रदेशमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन माग गरिएको छ । मुसिकोट नगरपालिकामा निर्माणधीन पुल खोलाले बगाएकाले पुनर्निर्माण गर्न, प्रदेश निजामती नियमावली र स्थानीय सरकारअन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन पनि माग गरिएको छ । त्यस्तै साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउनेमा लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, प्यूठान र दाङ जिल्लाको जिम्मेवारी पाएकी कांग्रेस केन्द्रीय सदस्य डा. डिला  संग्रौलाको नेतृत्वमा कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ, महामन्त्री विक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी  थिए ।

ज्ञापनपत्र बुझदै मुख्यमंत्री चौधरीले पार्टीले सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आवश्यकता समेटिएका बुँदाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै प्रदेश तहबाट गरिने कामलाई  प्राथमिकतामा राख्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार