मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

कारागारमा अनुगमनः कैदीबन्दी स्थानान्तरण गर्नुपर्ने सुझाव

Ujyalosandeshonline 12448+ समाचार ( )
१० पौष २०८१, बुधवार

नवलपरासी । नवलपरासी कारागारमा रहेका केही कैदीबन्दीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वको टोलीले अनुगमनको क्रममा कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहेको पाएपछि केहीलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको हो ।

कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि केही कैदीबन्दीको संख्या तत्काल स्थानान्तरण गर्नुपर्ने, थुनामा रहेका प्रायः युवा नै रहेकोले श्रम र रोजगारीको लागि व्यवस्था गर्नुपर्ने सुझाव दिइएको जिल्ला कारागार कार्यालय नवलपरासीका प्रशासक अर्जुनप्रसाद रेग्मीले जानकारी दिए ।

१ सय ७५ जना क्षमता रहेको उक्त कारागारमा ५ सय ५३ जना कैदीबन्दीहरु छन् । उनका अनुसार रुपन्देही, कपिलवस्तु सहित केही अन्उ जिल्लामा महिला कैदीबन्दी लाई राख्ने ठाउँ नभएकाले त्यस जिल्ला का महिला बन्दीलाई नवलपरासी नै पठाइने गरिएकोले कारागारमा महिलाको संख्या पनि बढेको छ । क्षमता भन्दा बढी रहेका कैदीबन्दीहरुको स्थानान्तरणका लागि विभागमा जानकारी गराइएपनि अन्य जिल्लामा पनि यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार