मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदानप्रदान

Ujyalosandeshonline 11564+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

भैरहवा । नेपाल भारत मैत्री संघ जिल्ला शाखा रुपन्देहीले बडादशैं, शुभ दिपावली एवम छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल भारत मैत्री संघले नेपाल र भारतको सम्बन्धमा पुलको काम गरेको बताए । नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा काम गर्न आउने क्रममा कामदार एवम रोटी बेटीको सम्बन्धमा संघले सहजीकरण गर्ने गरेको वक्ताहरुले बताएका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी इस्तियाक अहमद खानले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बता । नेपालमा अतिथिलाइ देवता मानिने भएकोले भारतबाट आउने पर्यटक स्वरुपी देवताहरुलाइ सम्मान गर्नुपर्ने बताए ।पर्यटकलाइ पाहुनाको जस्तै व्यवहार गरे मात्रै पनि नेपाली पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रम संयोजक अकबाल खानको अध्यक्षता सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष श्रीचन्द गुप्ता, पूर्व केन्द्रिय अध्यक्ष मुरारीलाल अग्रवाल, केन्द्रिय उपाध्यक्ष बासुदेव रिमाल, केन्द्रिय सदस्य मोहनराज शर्मा, वडा नम्बर ३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख मुकेश न्यौपाने लगायतले बोलेका थिए । कोषाध्यक्ष नलिन न्यौपानेको सन्चालन एवम उपाध्यक्ष जया उपाध्यायको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार