मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्ष देखिका मुद्दा किनारा लागेनन्

दान बहादुर बुढा 45+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

मुगु । रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । निकुञ्जमा रहेको हुटुमा क्षेत्रमा आवश्यक कर्मचारी नपठाउँदा विभिन्न प्रकृतिका मुद्दाको किनारा लाग्न सकेको छैन् । कतिपय मुद्दा १४ वर्षदेखि पेन्डिङमा छन् । 

निकुञ्ज कार्यालयमा प्रमुखका रुपमा उप–सचिव तहको दरबन्दी भएपनि निकुञ्ज विभागले हालसम्म दरबन्दी अनुसारको कार्यालय प्रमुख नखटाउँदा आर्थिक बर्ष २०६८।०६९ देखि हालसम्म दर्ता भएका बिभिन्न प्रकारका मुद्दाहरुको किनारा लगाउन नसक्दा मुद्दाका आरोपितहरु थप पीडामा छन् ।

आर्थिक बर्ष २०६८।६९ देखि यता आठ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाको आवश्यक प्रकिया अगाडि बढाउनका लागि उप—सचिव तह वा कामु कार्यालय प्रमुख हुनुपर्ने प्रावधान कानुनमा भएपनि हालसम्मको कार्यालयको रेकर्ड हेर्दा उपसचिब तहका कार्यालय प्रमुख नआउँदा मुद्दा किनारा नलागेको कार्यालयका सूचना अधिकारी धर्मजित सावतले बताए  ।

१४ बर्ष यताबाट कार्यालयमा दर्ता भएका आठ थान मुद्दामध्ये अवैध चोरी शिकारी थान–३, वन्यजन्तु आखेटोपहार ओसारपसार–२, मध्यवर्ती क्षेत्रभित्र हातहतियार–१ र अवैध रुपमा निकुञ्ज भित्र काठ काटेको २ थान छन् । आरोपितहरुलाई कार्यालयले हालसम्म तारेख धाउनुबाहेक अन्य कुनै प्रक्रिया अगाडि बढाउन नसक्नु प्रमुखकै अभावले भएको सूचना अधिकारी सावतले जानकारी दिए ।

बिभिन्न आरोपमा रारा राष्ट्रिय निकुञ्जले मुद्दा दर्ता गरेको छ । दर्ता भएको मुद्दा १४ बर्षसम्म किनारा लगाउन नसक्दा थप समस्या भएको, प्रत्येक महिना तारेखका लागि कार्यालय पुग्नुपर्ने र दरबन्दी अनुसारको कर्मचारी नखटाउँदा विभागको कमजोरी भएको आरोपितहरुको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार